रिबन

राप्रपाको वाटोमा विवेकशील साझा–पृथ्वीनारायणको सम्झनामा देश यात्रा गर्ने

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकै वाटोमा नया खुलेको दल विवेकशील साझा पार्टी अघि वढेको छ । पार्टीका संयोजक मिलन पाण्डेलाइ निलम्वन गरेको भोलिपल्ट नै सो पार्टीले पुष २७ गते भब्य रुपमा मनाउने निर्णय गरेको छ । विवेकशील साझाका प्रवक्ता शरद पाठकका अनुसार,पुष २७ गतेबाट देशयात्रा गर्ने भएको छ ।

पुष २७ गते कञ्चनपुरबाट सुरु गर्ने यात्रा माघ १६ गते झापामा पु्गेर अन्त्य गरिने भएको छ । विवेकशील–साझा पार्टीले यो यात्रालाइ महाकाली–मेची राष्ट्रिय एकता यात्रा भनेर नामाकरण गरेको छ । यात्राको क्रममा विचार भन्दा माथि देश हो भन्ने सन्देश प्रवाह गरिने सो पार्टीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *