रिबन

सर्वदलीय बैठकअघि सत्तारुढ गठबन्धनको बैठक बस्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् ।

आइतबार दिउँसो २ बजे सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको बैठक बोलाएका हुन् । सर्वदलीय बैठक भने ४ बजेका लागि बोलाइएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुनेछन् ।

संसदमा जारी गतिरोध हन्त्य गर्ने र एमसीसीबारे सत्तारुढ गठबन्धनको एउटै धारणा बनाउन बैठक बस्न लागेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *