काठमाण्डाैं । आजबाट जनगणना सुरु भएकाे छ । हरेक १०-१० वर्षमा हुने जनगणना यस वर्ष कात्तिक २५ देखि मंसिर ९ गते सम्म चल्ने छ ।
करिव दुइ सातासम्म चल्ने जनगणना यसपटक अलि ब्यापक वनाइएकाे छ।जनगणनामा हरेक ब्यक्तिले करिव ६० वटा प्रश्नकाे उत्तर दिनुपर्नेछ।विकसित मुलुक अमेरिकामा समेत दस वटा प्रश्नावली तयार पारेर गत वर्ष जनगणना गरिएकाे थियाे तर नेपालमा भने चार पेज लामाे प्रश्नावली तयार पारिएकाे छ।
तथ्यांक विभागले एक जना ब्यक्तिलाइ प्रश्न भर्न कम्तिमा २० मिनेट लाग्ने अनुमान गरेकाे छ।
सरकारले यस बर्षकाे जनगणनामा विवादित भुमि लिपुलेक देखि लिम्पियाधुरासम्म पनि जनगणना गर्ने याेजना वनाएकाे छ।
हरेक दस-दस वर्षमा गरिने जनगणनामा नेपालकाे जनसंख्या कति ?,जातजाति,धर्म,सम्प्रदाय देखि सम्पत्तिकाे समेत लेखाजाेखा गरिनेछ।यसपटककाे प्रश्नावलीमा महिलाकाे नाममा कति सम्पत्ति ? भन्ने प्रश्न समेत समेटिएकाे छ।यसबाट नेपाली जनताकाे स्तर समेत नापिने भएकाे छ।




