रिबन

रामचन्द्र पाैडेललाइ गृहजिल्लामा नराम्राे धक्का !

काठमाण्डाैं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेललाइ उनकै गृहजिल्लामा नराम्राे धक्का लागेकाे छ। तनहुँ जिल्लामा उनी जम्मा दुइ वटा नगरपालिकामा मात्र जित्न सफल भएका छन।पालिका तहकाे अधिवेशनमा नेताहरू शंकर भण्डारी, गोविन्द भट्टराई, ध्रुब वाग्ले, प्रदीप पौडेल प्रभावशाली देखिएका छन। व्यास नगरपालिकाको सभापतिमा सूर्यचन्द्र हड्ख विजयी भएका छन् । उनी पौडेल निकट मानिन्छन् । भानु नगरपालिका कार्यसमितिको सभापतिमा रामकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ पनि पौडेल निकटका मानिन्छन् ।

शुक्लागण्डकी नगरपालिकामा गोपीबहादुर गुरुङ विजयी भएका छन् । उनी केन्द्रीय सदस्य प्रदीप पौडेल निकट हुन् । प्रदीप पौडेल निकट यम थापा घिरिङ गाउँपालि समितिको सभापति बनेका छन् । आँबुखैरेनी गाउँपालिका कार्यसमितिको सभापतिमा विष्णु पन्त विजयी भएका छन् । बन्दीपुरमा कर्णबहादुर खत्री विजयी भएका छन् । दुवै जना केन्द्रीय सदस्य शंकर भण्डारी निकटका हुन् ।

माग्दे गाउँपालिका कार्यसमितिको सभापतिमा रामभक्त घिमिरे विजयी भएका छन् । घिमिरे कांग्रेसको केन्द्रीय आमन्त्रित सदस्य ध्रुब वाग्ले निकटका मानिन्छन् । नेता पौडेलले पूर्वसह–महामन्त्री गोविन्दराज जोशीलाई कारबाही गरेर पार्टीबाट निस्काषित गरेपछि त्यसको असर वडा र नगररगाउँ अधिवेशनमा देखिएको छ ।

कांग्रेसको केन्द्रको राजनीतिमा अबरोध गरेर लफडा गर्दै आएका पौडेल आफ्नै गृहजिल्लामा नराम्रोसँग एक्लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *