काठमाण्डौं । नेकपा एमालेका महासचिव इश्वर पोखरेल नराम्रोसंग पछारिने भएका छन । विधान महाधिवेशनको संघारमा रहेको एमाले अहिले केन्द्रिय कमिटीको वैठकमा छ । यस वैठकमा एमालेले ७० बर्ष उमेर पुगेका नेतालाइ केन्द्रिय समिति देखि पदाधिकारीमा वन्देज गरेको छ । साथै यहि वैठकमा एमालेले दोहोरयाएर अब अध्यक्ष हुन नपाउने ब्यवस्था पनि गरेको छ । यो दुवै ब्यवस्थाको वाजदु पनि एमाले अध्यक्ष केपी ओलीलाइ कुनै वाधा पर्नेछैन । उनी यो महाधिवेशनसम्म ७० बर्ष पुग्ने छैनन भने पहिलो पटक अध्यक्ष भएका हुन । आफुलाइ ठिक्क पर्ने विधान वनाएर एमाले अध्यक्ष केपी ओली पुुन अध्यक्ष हुन खोजेका छन । तर,अघिल्लो महाधिवेशनमा एक पटक मात्र अध्यक्ष र एकैपटक मात्र प्रधानमन्त्री भनेर उनले कवुल गरेका थिए ।
यसपटक जब महाधिवेशनको संघारमा एमाले पुग्यो यसपछि उनले आफु अनुकुल विधान पपुलर निर्णय गरेर पार्टी नेतृत्व गर्ने चाहना देखाइसकेका छन । तर,केही समय पहिला मात्र जब एमाले फुटयो तब महासचिव इश्वर पोखरेलले आफु अध्यक्षको लागि योग्य भएको र यसको लागि इच्छुक रहेको वताएका थिए । तर,उनको यहि अभिब्यक्तिले अध्यक्ष केपी ओली रिसाएपछि पोखरेलले आफनो भनाइ संशोधन गरेका छन ।
अर्थात अध्यक्ष हुन्छु भनेर मच्चिएका र माधव नेपाल पार्टीबाट वाहिरिएपछि मख्ख परेका पोखरेल अहिले नमज्जाले थच्चिएका छन ।




