काठमाण्डौं । सरकारले एकै दिन हटाएका १२ राजदुत मध्येका राजदूत डा.युवराज खतिवडा अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस नछिरी नेपाल फर्कने भएका छन । उनले न ह्वाइट छिर्न पाए न राष्ट्रपति जो बाइडेन भेटन । अमेरिका र नेपालबीचको ७४ वर्ष लामो कूटनीतिक इतिहासमा बहालवाल राष्ट्रपतिसँग नभेटी,हात नमिलाई, फोटो नखिची र ह्वाइट हाउसमा समेत पाइलाे नहाली नेपाल फर्कने उनी एकमात्र राजदूत हुने भएका छन । अघिल्लाे सरकारले मनाेमानी ढंगबाट राजदुत नियुक्त गरेका मध्येका खतिवडा एक हुन। अर्थमन्त्रीबाट हटेपछि १५ दिनसम्म प्रधानमन्त्रीकाे सल्लाहकार भएका खतिवडा यसलगत्तै राजदुत वनाइएका थिए।उनी पद भन्दा एक इन्च पर पनि वसेनन।
राष्ट्रपति जो बाइडेनसमक्ष गत फेब्रुअरी १७ तारिखका दिन हुलाकबाट ओहोदाको प्रमाणपत्र पेश गरेका कारण खतिवडाले आफ्नो ७ महिने कार्यकालभरि ह्वाइट हाउस छिर्न र राष्ट्रपति बाइडेनसँग हात मिलाएर फोटो खिच्नसमेत पाएनन ।
१५ तारिखका दिन स्टेट डिपार्टमेण्टले कोरोनाको कारण देखाउँदै हुलाकबाट ओहोदाको प्रमाणपत्र पठाउन जानकारी गराएपछि राजदूत दम्पत्ति खिन्न भएर निवासमै बसेका थिए । त्यसैले ओहोदाको प्रमाणपत्र पेश गरेको प्रेस विज्ञप्ति नै ६ दिनपछि मात्र सार्वजनिक गर्न लगाएका थिए ।
यसअघि नियुक्त राजदूतहरुले ओहोदाको प्रमाणपत्र पेश गरेको दिनमा ह्वाइट हाउस छिर्ने र राष्ट्रपति भेट्ने मौका पाउँथे ।



