काठमाडौं । गृह मन्त्रालयले विभिन्न १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को काज सरुवा गरेको छ ।
यस अघि गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख घनश्याम उपाध्यायलाई ललितपुरको सीडीओ बनाएको छ । गुल्मीको सीडीओ रहेकी रुद्रादेवी शर्मालाई भक्तपुर सरुवा गरेको छ ।
यसै गरी काशिराज दाहाललाई मोरङको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरेको छ भने पुण्यविक्रम पौडेललाई गुल्मी सरुवा गरेको छ । शंकर अर्याललाई गोरखा, दीपक पहाडीलाई रामेछाप र नुरहरि खतिवडालाई संखुवासभा सरुवा गरेको छ । टेकराज निरौलालाई दोलखा र आसमान तामाङलाई चितवन सरुवा गरेको छ । यसै गरी गृह मन्त्रालयले कृष्णा लम्साललाई धादिङ, वीरेन्द्र यादवलाई उदयपुर र ऋषि तिवारीलाई रुपन्देही सरुवा गरेको छ ।
गृह मन्त्रालयले १२ जनालाई जिल्लामा सरुवा गरेको छ भने चार जनालाई मन्त्रालयमा तानेको हो ।




