समाचार

विपक्षी गठबन्धनले आज लेखक, नागरिक समाज र बुद्धिजीवीहरूसँग छलफल गर्दै

काठमाडौँ । सम्पादक र राजनीतिक बिट लेख्ने पत्रकारसँग अन्तरक्रिया गरेका विपक्षी गठबन्धनले आज नागरिक समाजसँग छलफल गर्दैछ ।

प्रतिनिधिसभा विघटनपछि सरकारविरूद्ध आन्दोलनरत नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राजमोसहितको विपक्षी पाँच दलको गठबन्धनले आज नागरिक समाजसँग छलफल गर्न लागेको हो ।

गठबन्धनका शीर्ष नेताहरूले आज २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा लेखक, नागरिक समाज र बुद्धिजीवीहरूसँग छलफल गर्दै प्रतिनिधिसभा विघटनबारे उनीहरूको धारणा बुझ्नेछन् ।

गठवन्धनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको मिलेमतोमा असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै कानूनी र राजनीतिक चुनौती दिँदै आएको छ । प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेका बेला विपक्षी गठबन्धनले आफ्नो सक्रियता बढाएको हो । गठबन्धनले पाँच विद्यार्थी संगठनलाई सडक संघर्षमा उतारिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *