देश

प्रतिनिधिसभा विघटनविरुद्ध आज सुनुवाइ हुँदै, दुई न्यायाधीशले इजलासमै आफ्ना धारणा राख्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बुधबारदेखि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । वरिष्ठताको आधारमा गठन गरिएको इजलासमै आज सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ हुन लागेको हो ।

सरकार पक्षले इजलास गठनमा त्रुटि भएको भन्दै न्यायाधीश कार्की र भट्टराईलाई हटाउन माग गर्दै आएको छ । जसकारण विवाद सुरु भएको थियो । तर, प्रधानन्यायाधीश जबराले पहिले गठन गरिएकै इजलासमा सुनुवाइ हुने गरी कार्यसूची तोकेका छन् । प्रधानन्यायाधीश बिरामी भएकाले सोमबार र मंगलबार इजलास बस्न सकेन ।

आजको इजलासमा न्यायाधीश कार्की र भट्टराईले लिखित रूपमै सरकार पक्षले उठाएका प्रश्नको धारणा दिने भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *