समाचार

कांग्रेसलाई बाबुरामको सुझाव : प्रतिपक्षी दलको धर्मै हो वैकल्पिक सरकार दिने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कांग्रेसलाई केपी ओलीको विकल्पमा सरकार निर्माण गर्न सुझाव दिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले तत्काल आफ्नो नेतृत्वमा सरकार गठन नहुने भनेर पछाडि हटेपछि बाबुरामले यस्तो सुझाव दिएका हुन् ।

उनले बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनै पनि वेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने भएको भन्दै ओली सरकारलाई बिदा गर्न ढिलाइ भएको उल्लेख गरेका छन् । उनले नयाँ सरकार गठन गर्नबाट पछि नहट्न पनि सुझाव दिएका छन् ।

‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनै पनि वेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो। अहिले असंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनः नयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई बिदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकूल भएन है,’ बाबुरामले बिहीबार बिहान ट्विटमा लेखेका छन् ।

बाबुराम नेतृत्वको जसपा नै ओली सरकारमा जान हतार गरिरहेका बेला उनले कांग्रेसलाई नयाँ सरकार गठन गर्न सुझाव दिनुले चाँडै सो पार्टी विभाजन हुने दिशामा पुगिसकेको संकेत गर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *