रिबन

‘प्रधानमन्त्रीले सबैतिर सेटिङ मिलाइसकेको छु’ भनेर प्रदीप ज्ञवालीले भनेको रहस्य के हो ?

काठमाडौं । प्रतिनिधिसभा भंग संविधानविपरीत भएको भन्दै सर्वोच्च अदालतमा परेको १३ वटा रिटको अहिले संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । प्रधानमन्त्री केपी ओलीले बहुमत रहेकै अवस्थामा एकाएक संसद् विघटन गरेपछि नेकपा नै चोइटिएको छ ।

प्रतिनिधिसभा भंग गर्नुअघि ओलीले कसैसँग छलफल नगरेको भनेर उनकै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेकपाका नेताहरूसँग भनेको कुरा मिडियामा आइसकेको छ । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले पनि आफूसँग कुनै सल्लाह नगरेको भन्दै प्रधानमन्त्री ओलीसँग उनी रुष्ट बनेका छन् ।

तर, यहाँ चर्चा गर्न लागिएको विषय भनेको परराष्ट्रमन्त्री ज्ञवालीले नेकपा नेताहरु हरिबोल गजुरेल र देवेन्द्र पौडेलसँगको संवादबारे हो । प्रतिनिधिसभा भंग गर्ने ओलीको तयारी भइरहँदा परराष्ट्रमन्त्री हतारमा पौडेलको निवास पुगेको र त्यहीँ रहेका हरिबोल गजुरेलसँग उनले ‘कमरेड बर्बाद भो, तर केही छैन सबै सेटिङ मिलाइसकेको छु भन्नुभएको छ, जे भए पनि साथ दिनै पर्यो’ भनेका थिए ।

ज्ञवालीको भनाइको अर्थ आफूसँग राष्ट्रपति, न्यायालय, नेपाली सेना, निर्वाचन आयोग रहेको प्रधानमन्त्री ओलीको दाबी भन्ने जोकसैले बुझ्न सक्छन् । प्रधानमन्त्री ओलीले पुस ५ गतेअघि नै तीनपटक प्रतिनिधिसभा भंग गर्ने प्रयत्न गरेको खुलिसकेको छ ।

पछिल्लो समय संसद् भंग गर्दा अदालतमा मुद्दा पर्ने र त्यसका लागि सबै न्यायाधीशलाई प्रधानमन्त्री ओलीले प्रभाव पार्न साढे १३ करोड रुपैयाँ दिएको रहस्य खुलेको छ । ओली सरकारले संसद् विघटन गर्नु नौ दिनअगाडि न्यायाधीशहरुलाई गाडी किन्न साढे १३ करोड निकासा गरेको पाइएको छ । त्यस्तै, न्यायाधीशहरुलाई सुरक्षित राख्न मंसिर ३० गते कास्की जिल्ला अदालतका न्यायाधीश किशोर सिलवाललाई अख्तियारको आयुक्तमा नियुक्तिको सिफारिस गरिएको रहस्य विस्तारै खुल्दै छ । मन्त्री ज्ञवालीले भनेको सेटिङ पनि यही रहेको बताइन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *