रिबन

भारतको आरोप, नेकपा मिलाउन चिनियाँ एजेन्ट सक्रिय

काठमाडौं । सत्तारुढ नेकपा विवादपछि प्रतिनिधिसभा विघटन भएपछि नेपालको राजनीति निकै तरल बनेको छ । चीनले नेपालसँग सल्लाह नै नगरी उच्चस्तरीय चार सदस्यीय टोली नेपाल पठाएर नेकपा विवादमा हस्तक्षेप गरेको छ । तर, नरम हस्तक्षेपले नभएपछि चिनियाँ टोली स्वदेश फर्किसकेको छ ।

यतिबेला भारतको एउटा टोली पनि काठमाडौंमा रहेको बताइन्छ । जसले चिनियाँ गतिविधिलाई नजिकबाट नियालिरहेको स्रोतले बताएको छ । नेपालको अस्थिर राजनीतिमा चीनले खुलेआम हस्तक्षेप गरेको भारतलाई चित्त बुझेको छैन । जसले गर्दा नयाँ दिल्लीमा तरंग सिर्जना भएको छ ।

यहीबीचमा नेपालमा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको राजनीतिमा प्रभाव कायम राख्न विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई मिलाउने प्रयास जारी राखेको चर्चा सुरु भएको छ । चिनियाँ राष्ट्रपति सीले काठमाडौंमा तीन सदस्यीय टोली खडा गरेर विभाजन भएको नेकपाको विवाद मिलाउने प्रयास गरिरहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

यसअघि नेपाल आएको चिनियाँ टोलीले नेपालको प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीलाई डिसेम्बर २० को राष्ट्रपति आदेश रद्द गर्न लक्षित गर्ने चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डलका नेता गुओ येचौको प्रतिनिधिमण्डलले वैशाखमा हुने निर्वाचनमा दुई समूहलाई संयुक्त रूपमा चुनाव लड्न दवाव दिएको थियो । चीनले संसद पुनःस्थापनाका लागि पनि दवाव दिएको छ ।

चीनले अहिले पनि नेपालमा गुप्त रुपमा आफ्ना प्रतिनिधिहरूमार्फत नेकपाका दुबै पक्षसँग परामर्श जारी राखेको बताइएको छ । नेपालमा गोप्य रुपमा बसेका तीनजना चिनियाँ एजेन्टहरूले नेकपा मिलाउन प्रयास गरिरहेको सो टोलीलाई चिनियाँ राष्ट्रपति सीले पूरा अधिकार दिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । नेकपा मिलाउन बसेका चिनियाँ कम्युनिष्ट पार्टीका एजेन्टहरूले नेपालको राजनीतिमा केन्द्रित नेता र व्यक्तिहरू आफ्नो पक्षमा बनाएको जनाइएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले गत हप्ता भनेका थिए, ‘देशको मित्र र नजिकको छिमेकीको रूपमा हामी आशा गर्दछौं कि नेपालका सान्दर्भिक दलहरूले राष्ट्रिय हित र ठूला चित्रलाई ध्यानमा राख्नेछन् ।’ स्रोतका अनुसार चिनियाँ टोली अहिले नेकपा नेता वामदेव गौतमसँग निकै नजिक रहेर आफ्नो मिसनमा लागेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *