रिबन

ओलीले प्रचण्ड समूहसँग बहुमत रहेको गरे स्वीकार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रचण्ड माधव समूहले पदको कुण्ठा र शक्तिको अभिलाषाले नेकपामा विभाजन गराएको आरोप लगाएका छन् ।

नेकपा ओली पक्षको सुदूरपश्चिम भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा फुट्नुमा प्रचण्ड जिम्मेवार रहेको बताए ।प्रधानमन्त्री ओलीले लोकतान्त्रिक संविधान बनाइसकेको अवस्थामा मिलिसकेको पार्टी फुट्न आवश्यक नरहेको बताए । ओलीले भने, चुनावमा मैले ४० प्रतिशत दिँदा उहाँमा उत्साह देखियो । तर, उहाँ मलाईनै हटाउन लाग्नुभयो ।

ओलीले प्रचण्डले चुनाव जितेको सवा दुई महिनासम्म आफूले प्रधानमन्त्रीका लागि चयन हुन नपाएको भन्दै त्यतिबेला नै प्रचण्डले सरकारका लागि कांग्रेससँग वार्ता गरेर आफूसँग बार्गेनिङ गरेको आरोप लगाए ।प्रधानमन्त्री ओलीले भने, ‘बामपन्थी मिलेर चुनाव लड्ने अनि दक्षिणपन्थीसँग सरकार बनाउन खोज्ने ? यो प्रचण्डको कस्तो चरित्र हो ? अहिले उहाँ बहुमत छ भन्दै हुनुहुन्छ । दुईटा मिल्दा पार्टीभित्र मेरोविरुद्ध बहुमत पुग्नेगरी मैले नै दिएको हो । मलाई थाहा छैन के अवस्था छ भन्ने ?’

प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहलाई निर्वाचनमा आउन समेत आह्वान गरेका छन् । काठमाडौंमा बुधबार सुदूरपश्चिमका कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वच्छ र निश्पक्ष चुनाव हुने भन्दै दाहाल–नेपाल समूहलाई निर्वाचनमा आउन आह्वान गरेका हुन् ।
‘मेरो शुभकामना छ। उहाँहरू पनि केही सिट ल्याउनुस्। त्यसका लागि अहिलेदेखि नै तयारी थाल्नुस्,’ उनले भने, ‘आउनुस्, चुनाव स्वच्छ हुन्छ, धाँधलीरहित हुन्छ, बत्ती निभाइन्न, मतपत्र च्यातिन्न । मतपत्र च्यात्न पाइँदैन । यस्तो तमासा लोकतन्त्रमा गर्न पाइँदैन । स्वच्छ निर्वाचन हुन्छ । शान्त निर्वाचन हुन्छ ।’

सम्बोधनका क्रममा उनले यसअघि चुनावमा मतपत्र च्यातिएको समेत स्मरण गरे । ‘प्रचण्डले कांग्रेससँग मिलेर पनि छोरी जिताउन गाह्रो थियो । छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर धुजाधुजा पार्नुभएको थियो,’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *