रिबन

संसद् विघटनविरुद्ध प्रचण्ड र माधव नेपाल सडकमा धर्ना दिँदै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको निर्णयविरुद्ध नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहितका नेताहरू सडक प्रदर्शनमा उत्रेका छन् । उनीहरूले शुक्रबार बिहानैदेखि माइतघर मण्डलामा सडकमा बसेर धर्ना दिएका छन् ।

नेकपाले बिहीबार प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय परिचालन टोली गठन गरेको थियो । सरकारको निर्णयविरुद्ध प्रचण्ड नेपाल समूहको नेकपाले काठमाडौं उपत्यकामा दैनिकजसो प्रदर्शन गर्ने निर्णय गरेको छ । उसले एक हप्ते विरोध प्रदर्शनको निर्णयसमेत गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *