रिबन

पार्टी विभाजन भए वामदेवको यात्रा कता ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि त्यसमा आफ्नो कुनै प्रतिक्रिया नभएको जनाएका उपाध्यक्ष वामदेव गौतमले त्यसको केहीबेरमा ओलीको कदम गैरसंवैधानिक भन्दै विरोध गरे । उनले प्रधानमन्त्रीले संसद विघटन गरेर संविधान विपरीत कार्य गरेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीको कदमको विरोध गरे पनि गौतम आइतबारको स्थायी कमिटी बैठकमा उपस्थित भएका थिएनन् । आइतबार विहान प्रधानमन्त्री ओलीसँग संवाद गरेका गौतम पार्टी विभाजन गर्नुहुन्न पक्षमा उभिएका थिए । उनले प्रधानमन्त्रीलाई अप्रिय निर्णय नगर्न पनि सुझाव दिएका थिए । तर ओलीले गौतमको सुझावलाई हाँसेर टारेका थिए ।

अब पार्टी विभाजन भए गौतम कतातिर लाग्छन् भन्ने चासो देखिएको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि शीर्ष नेताहरुले पार्टी विभाजनका लागि अन्तिम तयारी गरेका छन् ।

प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटीका सदस्यहरुलाई आफ्नो पक्षमा पार्न आइतबार मध्यरातसम्म कोसिस गरिरहेका छन् । आइतबार राति अबेरसम्म दुवै पक्षका नेताहरुले केन्द्रीय सदस्यहरुलाई फकाउने काममा व्यस्त रहेका छन् । तर गौतमलाई भने ओलीले अहिलेसम्म केही भनेका छैनन् । त्यसैले अब गौतम कता हुन्छन् भन्ने चासो देखिएको हो ।

ओलीसँग उपप्रधानमन्त्री र्इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, महासचिव विष्णु पौडेल तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पार्टी विभाजनका लागि आवश्यक कानुनी राय सल्लाह सुरु गसिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *