रिबन

प्रचण्ड–नेपाल पक्षको आज प्रदेश १ को भेला काठमाडौंंमा

काठमाडौं । नेकपाको आन्तरिक विवादले उचाइ लिँदा आज पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले प्रदेशको भेला गर्दैछन् । भेला पार्टी कार्यालय पेरिसडाँडामा गर्न लागेका हुन् ।

प्रधानमन्त्री केपी ओलीले अध्यादेश फिर्ता गर्न आलटाल गरेको र पार्टीभित्रको विवाद समाधान गर्न कुनै पहल नगरेको भन्दै कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षले प्रदेश १ को भेला आयोजना गर्न जिल्ला अध्यक्ष र सचिवलाई काठमाडौ बोलाएको छ ।

प्रचण्ड निकट स्रोतका अनुसार आजै उनीहरु काठमाडौ आउँदैछन् । ओली पक्षका युवा विद्याथीहरुको भेला सातै प्रदेशमा हुन गइरहेको अवस्था प्रचण्ड नेपाल पक्षले पनि प्रदेश १ को अध्यक्ष सचिवालाई काठमाडौ बोलाएको हो । ‘हामीले आफू निकट वा अन्य भनेर छुट्याएका छैनौ सबैलाई बोलाएका छौ को को आउनुहुन्छ हेरौ,’ प्रचण्ड निकट एक सदस्यले भने ।

प्रचण्ड नेपाल पक्षले बाग्मती प्रदेशको भेला सकिसकेको छ । बाग्मती प्रदेशबाट अष्टलक्ष्मी शाक्य, नारायण दाहाल उपस्थित थिए । आनन्द पोखरेललगायतका ओली पक्षका नेताहरु उपस्थित थिएनन् । झापाको दमक, सुनसरीलगायतका जिल्लाहरुको पनि प्रचण्ड नेपाल पक्षले आफ्ना कार्यकर्ताहरुको भेला गरिसकेको छ ।

प्रधानमन्त्री ओली पक्षका नेताहरूले दिनहुँ यस्ता भेला गरिरहेका छन् भने दाहाल–नेपाल समूहले पनि भेला गरेर आफ्ना धारणा राख्न थालेका हुन् । उनीहरूले ससाना समूहमा भेला गर्न थालेका हुन । कात्तिक २८ गते दाहालले सचिवालय बैठकमा राखेको प्रतिवेदन तल्लो तहसम्म पठाइएपछि ओली समूह पनि तल्लो तहसम्मकै कार्यकर्तासँग छलफलमा जुटेको छ ।

‘ओली पक्षका नेता–कार्यकर्ताले देशव्यापी रूपमै भेला गरिरहेका छन् । उता दाहाल–नेपाल समूहले पनि आफ्ना समूहका नेताहरूलाई तल्लो तहसम्ममा उपस्थिति कस्तो छ भनेर बुझिरहेका छन । समग्रमा भन्ने हो भने दुवै पक्षका नेताहरू आफ्नो शक्ति कति रहेको छ भनेर परीक्षण गरिरहेका छन्,’ नेकपाका एक स्थायी कमिटी सदस्यले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *