काठमाडौं । सत्तारुढ नेकपा सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेदेखि बसेको बैठक अब फेरि १० दिनपछि पुनः बस्ने गरी सम्पन्न भएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।
सचिवालय बैठक पौने दुई घन्टा बसेको थियो । अघिल्लो बैठकमा नेकपा कार्यकारी अध्यक्षले १९ पृष्ठ लामो प्रधानमन्त्री केपी ओलीलाई लेखेको प्रतिवेदन बैठकम प्रस्तुत गरेका थिए । सो प्रस्ताव फिर्ता नलिएसम्म बैठकमा नबस्ने ओलीले जनाउ दिए पनि बुधबारको बैठकमा भने उपस्थित भएका थिए ।




