रिबन

२७३६ संक्रमित थपिए, आज २२ जनाको निधन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ७३६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८५३ ना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ६० हजार ५७७ जना स‌ंक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोनाबाट थप २२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १४८ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको छ । क्वारेन्टिनमा १०५८ जना रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *