मुख्य समाचार

२४ घण्टामा २८ सय १७ जनामा कोरोना पुष्टि, २८१२ डिस्चार्ज

काठमाडौं । २४ घण्टामा २ हजार ८१७ जना कोरोना संक्रमित थपिएका छन । १२ हजार ३ सय ११ जनाको पीसीआर परिक्षण गर्दा २हजार ८१७ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा संक्रमितको कुल संख्या एक लाख ४९ हजार ४५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आइतबार २८ सय १२ जना कोरोना संक्रमण मुक्त भएका छन । अहिलेसम्म १ लाख ५७ हजार ९२६ जना संक्रमित निको भइसकेका छन । संक्रमित निकोहुने दर ८१.१ प्रतिशत छ । ३५ हजार ४१९ सक्रिय संक्रमित छन ।

झापा,मोरङ, सुनसरी, मकवानपुर, काठमाडौं, ललितपर,भक्तपुर, काभ्रे, चितवन, नवलपरासी पूर्व, र दाङ जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ । कोरोना संक्रमण मुक्त जिल्ला मुस्ताङमात्र रहेको छ ।

नेपालमा पीसीआर विधिबाट १५ लाख ४० हजार ७७ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
३ सय ९८ जना आसीयुमा र ८२ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन । गत २४ घण्टामा २१ जना कोरोना संक्रमित पुरुषले ज्यान गुमाएका छन । नेपालमा कोरोना संक्रमणबा १ हजार १ सय ८ जनाले ज्यान गुमाइसकेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *