मुख्य समाचार

२७५३ संक्रमित थपिए, आज १७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ४ सय २३ जनामा गरिएको परिक्षणमा महिला १०७७ र पुरुष १६७६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।

काठमाडौँ उपत्यकामा १२९४, ललितपुर, १४१ जना र भक्तपुर ७७ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै प्रदेश १ मा ४९४, प्रदेश २ मा ७७, बागमति प्रदेशमा १६९९, गण्डकी प्रदेशमा १३७, लुम्बिनीमा २१८, कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १०३ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ५५ हजार ११४ जना स‌ंक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोनाबाट थप १७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ । क्वारेन्टिनमा १ हजार १४४ जना रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *