काठमाडौं । तीन वर्ष अघि राष्ट्रिय सभा गठनका लागि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले तीन जनाको नाम सिफारिस गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरिन् । आफु पहिले क्रियाशील भएका पार्टीका लागि अवशर दिलाउने नियतले त्यतिबेला राष्ट्रपति भण्डारीले यो कदम चालेकी थिइन । संविधानको घोर उल्लंघन हुने गरी राष्ट्रपति भण्डारीद्धारा चालिएको यो कदमप्रति त्यतिबेला नागरिक समाज तथा मिडियाले खासै वास्ता नगरेपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले ट्वीट गर्दै भनेका थिए– ‘बुढी मरी भनेर चिन्ता नलागे पनि काल पल्किएकोमा चिन्ता गर्नुपर्छ, भन्ने उखान छ । राष्ट्रपतिको यो कदमले लोकतान्त्रिक मुल्य मान्यता विरुद्ध अत्यान्त गलत नजीर बसालेको छ । ’
बास्तवमा राष्ट्रपति भण्डारीको त्यो कदम जति गम्भीर थियो नेपाली कांग्रेसका नेता निधिको त्योे ट्वीटर पनि त्यति नै अर्थपूर्ण थियो । केही महिना अघि मात्रै प्रधान न्यायधीश विरुद्ध महाअभियोग ल्याएको र आम निर्वाचनमा पनि पराजय बेहोरेका कारण त्यतिबेला नेपाली कांग्रेस धेरैको खेदाईमा परेको थियो । त्यतिबेला मुलुकको नागरिक समाज, मिडिया तथा कानूनी क्षेत्रले पनि राष्ट्रपति भण्डारीको अत्यान्त गलत कदम विरुद्ध बोल्न छाडेर नेपाली कांग्रेसलाइै खुच्चिङ भनेकै हो ।
त्यतिबेला गम्भीरता नअपनाउनुको परिणाम यतिबेला धमाधम देखिन थालेको छ । शितल निवास राष्ट्रपति भवन हो कि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय कार्यालय हो छुट्याउन नसकिने अवस्था सिर्जना भएको छ । यतिबेला गिरिजाप्रसाद कोइलाला बाँचेको भए प्रतिक्रिया दिँदै भन्ने थिए होलान– ‘शितल निवासमा नेकपाको साइन बोर्ड टाँगिदए हुन्छ ।’ तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यो गम्भीर घटना प्रति बेखबर छ । जसरी पंचायतकालमा जमलको एक घरमा साइनबोर्ड विहिन अवस्थामा नेपाली कांग्रेसको केन्द्रिय कार्यालय संचाति थियो ठिक त्यसै गरी यतिबेला शितल निवास अर्थात् राष्ट्रपति भवनबाट नेकपाको केन्द्रिय कार्यालय संचालन भएको छ ।
राष्ट्रपति भवन शितल निवास नेकपाको केन्द्रिय कार्यालय बनेको कुरालाई पार्टी उपाध्यक्ष एवं सांसद बामदेव गौतमको सचिलावयले आधिकारिक रुपमै पुष्टि गरेको छ । गौतमको सचिवालयले विज्ञाप्ति जारी गर्दै भनेको छ– ‘कात्तिक १८ गते नेता गौतमलाई बोलाएर राष्ट्रपति भण्डारीले नेकपालाई अदण्ड राख्न आग्रह गर्नु भयो ।’ राष्ट्रपति भवनमा नेकपाका नेताहरुको बैठक बस्ने गरेको यो पहिलो नजीर भने होइन । भलै उक्त बैठकलाई अनौपचिारिक भन्ने गरिएको छ तर नेकपाको अन्तिम निर्णय राष्ट्रपति भवनमा बसेकै बैठकद्धारा हुने गरेको छ ।
उदाहरणका लागि एक वर्ष अघि कात्तिकमा नेकपाका द्धितिय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरणका बेला भएको सहमति अनुसार अब प्रधानमन्त्री बन्ने पालो आफ्नो आएको भन्दै किचलो शुरु गरे । सुरुका दुई वर्ष ओली र त्यस पछिका तीन वर्ष प्रचण्ड प्रधानमन्त्री बन्ने गरी त्यतिबेला भएको लिखित सहमतिलाई मिडियामा छताछुल्ल पार्दै प्रचण्ड अघि सरे पछि प्रधानमन्त्री केपी ओलीको पद धरापमा प¥यो । उनले मंसीर ४ गते दुवैजना अध्यक्षलाई राष्ट्रपति भवनमा बोलाएर लामो छलफल चलाईन । ओलीले पुरा अवधी सरकार चलाउने र प्रचण्डले अर्को महाधिबशेन सम्म पार्टी चलाउने निर्णय दिइन् । उनले दिएको यो निर्णयलाई भोलिपल्ट प्रधानमन्त्री निवास वालुवाटारमा सचिवालय बैठकको नाटक गरी लिपिवद्ध गरियो ।
प्रधानमन्त्री निवास वालुवाटरबाट पार्टीका गतिविधि हुनुलाई स्वभाविक मान्न थालिसकिएको छ । किनकी यो नजीर सबै पार्टीले पहिले नै बसाली सकेका छन् । बहुदलीय व्यवस्था भएका अन्य मुलुकमा पनि यो अभ्यास छ । किनकी नेपालको संविधानले प्रधानमन्त्री बन्न कुनै निश्चित दलको सक्रीय नेता हुनै पर्ने प्रावधान राखेको छ । तर राष्ट्रपति भने अलांकारिकको व्यवस्था गरेको छ ।
राष्ट्रपति उमेदवार हुनु अघि कुनै पनि राजनीतिकदलको आवद्धाता त्याग्नै पर्ने प्रावधान संविधानले राखेको छ । प्रथम राष्ट्रपत डा. रामबरण यादवले यो मर्यादा राखेका पनि थिए । उनी राष्ट्रपति पदमा उमेदवार हुनु अघि नेपाली कांग्रेसका महामनत्री थिए, तर राष्ट्रपति निर्वाचित भइसके पनि नेपाली कांग्रेसका कुनै पनि नेता संग राष्ट्रपति भवनमा मात्रै होइन कुनै पनि ठाउँमा राजनीतिक भेटघाट गरेनन् । पदीय मर्यादाको यतिसम्म ख्याल गरेकी नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधन हुँदा समेत श्रद्धान्जली प्रकट गर्न उनी गएनन् । तर वर्तमान राष्ट्रपति भण्डारीले शितल निवासमा बसेर पार्टीको गतिविधि गरेका धेरै उदाहरणहरु छन् ।
उनले गत पुस ६ गते नेकपा स्थायी कमिटी बैठक चलिरहेको वेला दोस्रो पुस्ताका १२ जना नेतालाई शीतलनिवासमा दिवा भोजका लागि बोलाएर निर्देशन दिइन । बैशाख ८ गते राजनीतिक दल विभाजन गर्न प्रधानमन्त्री केपी ओलीले पठाएको अध्यादेश तुरुन्ता–तुरुन्तै सदर गरिन । यो डरलाग्दो संकेत भएको भन्दै प्रचण्ड–नेपाल समूहले समेत आपत्ति प्रकट ग¥यो । तर असार १० गते प्रचण्ड, खनाल र नेपाल राष्ट्रपति भण्डारीको निर्देशन अनुसार शीतलनिवासमा पुगे ।
स्थायी कमिटी बैठकमा राजीनामाको आफ्नो राजीनामाको माग उठेपछि प्रधानमन्त्री ओली असार १५ गते एकै दिन शितल निवास पुगे । भोलि पल्ट असार १६ गते माधव नेपाल र राष्ट्रपतिबीच शितल निवासमा लामो भेटवार्ता भयो । असार १७ गते अर्का अध्यक्ष प्रचण्ड शितल निवास पुगे । १९ असारमा गौतम र महासचिव विष्णु पौडेललाई बोलाएर राष्ट्रपति भण्डारीले छलफल गरिन् ।
असार २१ गते पार्टी सचिवालयका सबै नेताहरुलाई बोलाएर छलफल गरिन् । साउन ४ गते स्थायी समितिको बैठक स्थगित गर्न लगाएर अध्यक्षद्वय ओली र प्रचण्डलाई बोलाएर छलफल गरिन् । दुवै अध्यक्षलाई महाधिवशेनमा पनि मिलेर जान आग्रह गरिन् ।




