मुख्य समाचार

भोलि १ बजेसम्मका लागि कांग्रेस बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको छ । पार्टी कार्यालयमा सानेपामा आज सोमबार ढिलो गरी सुरु भएको बैठकमा एजेन्डामा छलफल गर्दागर्दै समय अपुग भएपछि भोलि १ बजेसम्मका लागि बैठक स्थगित भएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, उपसभापतिद्वय विमलेन्द्र निधि र बिजयकुमार गच्छदार, महामन्त्री शंशाक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, महामन्त्री पुर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत उपस्थित रहेका थिए ।

त्यसैगरी बैठकमा सहभागी अन्य नेताहरुमा प्रकाशमान सिंह, रमेश लेखक, अर्जुननरसिंह केसी, मिलेन्द्र रिजाल, गोपालमान श्रेष्ठ, आन्नद प्रसाद ढुङ्गाना, ज्ञानेन्द्र बहादुर कार्की, रामशरण महत, बल बहादुर केसी, एनपी साउद, चन्द भण्डारी र गगन थापा लगायत करिब ३० जनाको सहभागी रहेको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६–बुँदे असहमतिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारी समेतको बैठक डाकेका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *