गण्डकी प्रदेश

गण्डकी प्रदेशमा आज थप ३८ जनामा कोरोना पुष्टि, देशभर संक्रमित ३ हजार २ सय ७३ पुगे

काठमाडौं । नेपालमा आइतबार बिहान थप ३८ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशले आइतबार बिहान ६ बजेको गरेको तथ्यांक अध्यावधिक अनुसार प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका अनुसार विभिन्न चार जिल्लामा गरी ३८ जनालाई कोरोना पुष्टि भएको जनाएको छ ।

संक्रमितहरु सबैभन्दा धेरै स्याङ्जामा १४ जना छन् । स्याङजाको वालिङ नगरपालिकामा १३ जना र भिरकोट नगरपालिकामा एक जना छन् ।
त्यस्तै बागलुङ र गोरखामा १०/ १० जनामा कोरोना देखिएको छ । गोरखामा पहिलो पटक १० जनामा कोरोना देखिएको छ । गोरखाको गण्डकी नगरपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ । भने बाग्लुङको बडिगाड गाउँपालिकामा ९ जना र ढोरपाटन नगरपालिकामा १ जना छन् । उता यस्तै पूर्वी नवलपरासीका चार जना संक्रमित हुप्सेकोट गाउँपालिकाका हुन् ।
यो सँगै देशभर ३ हजार २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *