ताजा समाचार

हेलम्बुमा राहतको सट्टा विकास र रोजगारी

काठमाडौं। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले उत्कृष्ठ पालिकाको सूचीमा उभ्याउन योजनवद्ध विकास, सुशासन, पारदर्शीतामा जोड दिदै आएको छ । गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुको मुहार परिवर्तन गर्न आफ्नो सम्पूर्ण ध्यान खर्चेका छन । उनी जनताका सुख दुःखका सहयात्री बनेका छन । हेलम्बुको मार्गचित्र कोर्न कस्सिएका अध्यक्ष शेर्पा सुशासन र विकासका प्रयार्य जस्तै बनेका छन । उनी हेलम्बुलाई देशकै नमुना गाउँपालिका बनाउने अभियनमा जुटेका छन । उनले स्थानीय भूगोल र मनोविज्ञान बुझेर विकास आयोजना अघि बढाएका छन ।
अन्य समयमा होस वा कोरोना महामारी नियन्त्रणका सवालमा होस अध्यक्ष शेर्पाले स्थानीय सरकारको जनताले भरपुर अनुभूति गर्न पाउने गरी योजना तय गरेर व्यवहारिक कार्यान्वयन गरेका छन । उनले दूरगामी सोचका साथ विकास योजना र कोरोना नियन्त्रणका कार्यक्रम ल्याएको स्थानीयहरु बताउँछन ।
योजनावद्ध विकास, आत्मनिर्भर,समुन्नत र संमृद्ध गाउँपालिका निर्माणमा सम्पूर्ण ध्यान खर्चेका अध्यक्ष शेर्पा शुसाशन,पारदर्शीता र जवाफदेहितालाई आत्मसाथ गरेर अघि बढेका छन । पछिल्लो समय विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ को नियन्त्रणमा उनी केन्द्रित छन ।

राहतको सट्टा विकास र रोजगारी
गाउँपालिका अध्यक्ष शेर्पाले दूरदर्शी योजना ल्याएकाले हेलम्बुमा कोरोनाको संन्त्रास अन्यत्रको तुलनामा कम छ । लकडाउनले पनि यहाँको जनजीवन तुलनात्मक रुपमा कम प्रभावित छ । मुलुकभरका स्थानीय तहलाई यतिबेला राहत वितरणको चटारो छ । तर, हेलम्बु गाउँपालिकामा भने न राहतको चटारो छ न त भोकमारी कै त्राश । हेलम्बुले राहतको रकम विकास निर्माणमा लगाएर रोजगारीको अवसर सिर्जना गरेको छ । राहत वितरण गर्ने पैसा विकास निर्माणमा लगाएर सातै वडाका खाद्यन्न अभाव भएका परिवारलाई रोजगारी दिने गाउँपालिकाको अवधारणा रहेको अध्यक्ष शेर्पाले बताए । सबैको अपेक्षा राहतमा हुने र राहत वितरण कार्यक्रम विवादित बन्न सक्ने हुँदा दीर्घकालिन समस्या समधानको बाटो खोजिएको उनको भनाइ छ । उनी भन्छन राहत त अल्पकालिन र सीमित समयका लागि मात्र हुन्छ । रोजगारी दिएपछि त एक महिनाको श्रमको कमाइले नै तीन चार महिना खाद्यन्न जोहो गर्न पुग्छ । गाउँ ठाउँको विकास पनि हुन्छ, न्यून आय भएका श्रम गरेर खाने परिवारले रोजगारी समेत पाउँछन । लकडाउनको बेला समेत सामाजिक दूरी कायम गरेर रोजगारी दिइरहेको अध्यक्ष शेर्पाले बताए । गाउँपालिकाबासीलाई आत्मनिर्भर बनाउने योजनाका साथ अघि बढेको शेर्पाले बताए ।

किसानलाई मलमा अनुदान
हेलम्बु गाउँपालिकाका बहुसंख्यक मानिस कृषि पेशामा अश्रित छन।हेलम्बु गाउँपालिकामा समथर बेसीदेखि हिमालीे भूभाग पर्दछ । धान, मकै, गहु, कोदो, आलु र स्याउँसमेत फल्ने भौगोलिक बनावट हेलम्बु गाउँपालिका भित्र समेटिएको छ ।
हेलम्बुले किसानलाई मल ढुवानीमा अनुदान दिने निर्णय गरेको छ । कृषि उत्पादन बढाउन किसानलाई मल ढुवानीमा अनुदान दिने निर्णय गरेको हो । हेलम्बुका जनताले कृषि सामग्री लिमिटेडकै भाउमा स्थानीय सहकारीमार्फत मल पाउने भएका छन । गाउँपालिकाले प्रतिबोरा रु १३० अनुदान दिने भएपछि सहकारीले संस्थानकै मूल्यमा किसानलाई मल दिन तयार भएको हो ।

लकडाउनका कारण मल नपाइने हो कि भन्ने चिन्ताले पिरोलिएका हेलम्बुका किशानले बजारभाउ भन्दा प्रतिबोरा चार सय ५० रूपैयाँ सस्तोमा किसानले मल पाउने छन । वार्षिक कम्तीमा छ हजार बोरा रासायनिक मल खपत हुने हेलम्बुमा गाउँपालिकाले अनुदान दिएपछि किसानहरुको रु २७ लाख जोगिने भएको छ ।कृषकलाई दुई चरणमा मल उपलब्ध गराइने गाउँपालिकको तयारी छ । बर्खेबालीका लागि यही महिना र हिउँदे बालीका लागि कात्तिकको दोस्रो सातासम्म मल ढुवानीमा अनुदान दिइने गाउँपालिकाले जनाएको छ ।

कोरोना कोषमा जनप्रतिनिधिको एक महिनाको सेवा सुविधा

कोरोना नियन्त्रणमा युद्ध स्तरमा जुटेको हेलम्बु गाउँपालिकाले जनप्रतिनिधिको एक महिनाको सम्पूर्ण सेवा सुविधा कोरोना राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको छ । उक्त निर्णयसंगै जनप्रतिधिको एक ४ लाख २६ हजार बराबरी रकम कोरोना कोषमा थपिने भएको छ ।

चिकित्सक घरदैलो अभियान सञ्चालन

हेलम्बु गउँपालिकाले कोभिड-१९ को संक्रमणको जोखिम टार्न ‘चिकित्सक घरदैलो अभियान’ सञ्चालन गरेको छ । गाउँपालिका अध्यक्ष शेर्पा चिकित्सकको टोली हितको घरदैलोमा पुगेर परिवारका सबै सदस्यको ज्वरो नाप्छने र अन्य रोगको बारेमा जानकारी लिने गर्छन। विहन सबैरै निस्किएका अध्यक्ष शेर्पा कहिलेकही त आधारातसम्म जनताकै स्वास्थ्य अवस्था बुझ्न मै व्यस्त हुन्छन । कोभिड–१९ को संक्रमण फैलन नदिन गाउँपालिकाले यो अभियान सुरु गरेको अध्यक्ष शेर्पाले बताए । अधिकांश घरधुरीमा पुगेर स्वास्थ्य परिक्षण गरिसकिएको उनले जानकारी दिए ।

दीर्घ रोगीलाई निःशुल्क औषधि
कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिममा रहेका दीर्घ रोगीलाई हेलम्बु गाउँपालिकाले निःशुल्क औषधि उपलब्ध गराउदै आएको छ । रोगीका घर-घरमा टोली परिचालन गरेर औषधि वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए। ‘लकडाउनको समयमा औषधी किन्न बजार निस्कन असहज भएपछि गाउँपालिकाले दीर्घरोगीलाई औषधिको व्यवस्था गरेको हो । उनका अनुसार प्रेसर, सुगर, दम, ढाड, नसा र मुटुरोगीले घरमै औषधि पाउने छन ।

लकडाउन लम्बिन सक्ने सम्भावना देखेपछि दीर्घरोगीका लागि तीन महिनालाई पुग्ने गरी औषधि गोदाम गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए। गाउँपालिकामा एउटै दीर्घरोगीले मासिक १५ हजार रुपैयाँसम्मको औषधि सेवन गर्ने गरेको पाइएको उनले जानकारी दिए। राज्यले नै दीर्घरोगीहरुलाई औसधिको व्यवस्था गरिदिनु पर्ने उनले बताए । अर्को आर्थिक वर्षपछि गाउँपालिकाले दीर्घरोगीलाई निःशुल्क निरन्तर औषधि वितरण गर्ने योजना अघि सारेको जनाएको छ।

काठमाडौंमा अलपत्र परेकालाई थातथलो फर्काइयो

हेलम्बु गाउँपालिकाले २२ वटा बसमा ८ सय जना भन्दा बढीलाई काठमाडौँबाट आफ्नो थातथलो फर्काएको छ । लामो समय भएको लकडाउनका कारण काठमाडौँमा कस्टकर जीवन विताइरहेका नागरिकहरुलाई गाउँपालिकाले उपत्यकाबाट उद्धार गरेको हो । उनीहरुको स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ ।

विदेशबाट आएकाका सबैको आरडिटी नेगेटिभ
हेलम्बु गाउँपालिकाले कोरोनाको जोखिम नियन्त्रणका लागि विदेशबाट आएका सबैको आरटिडी टेस्ट गरेको छ । आरडीटि रिपोर्ट सबैको नेगेटिभ आएको छ । गाउँपालिका प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँचको ब्यवस्थाको व्यवस्था मिलाएको छ । ३९ स्थानमा करिव तीन सय क्वारेन्टइन बनाएको छ ।

सुत्केरी महिलालाई थप तीन हजार विशेष भत्ता
हेलम्बु गाउँपालिकाले सुत्केरी महिलालाई थप तीन हजार सत्ता उपलब्ध गराउदै आएको छ । संघीय सरकाले दिने ३ हजार भत्तामा गाउँपालिकाबाट थप ३ हजार गरि ६ हजार भत्ता उपलब्ध गराउदै आएको हो । बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाहरुलाई पालिकाले सो भत्ता उपलब्ध गराउदै आएको छ । गाउपालिकाले गर्भवतीको बेड, कुरुवा कोठा, भान्सा, पकाउने भाँडाकुँडा, ग्यास र गेडागुडी, सुत्केरीले खानुपर्ने मसला र खाद्यान्न निःशुल्क व्यवस्था गरेको छ ।

गाउँपालिकाका अध्यक्ष शेर्पाले केन्द्रीय सरकारले दिने तीन हजारमा गाउँपालिकाले पनि त्यति नै रकम सुत्केरी भत्ताबापत दिने गरेको बताए । सामान्य परिवारका सुत्केरीका लागि ६ हजार रुपैयाँले निकै ठूलो राहत हुने भन्दै बर्थिङ सेन्टरमै सुत्केरी हुन आउन विशेषभत्ता दिएको उनले बताए । सुत्केरी र गम्भीर विरामीलाइ निशुल्क एम्बुलेन्स उपलब्ध गराउने व्यवस्था पालिकाले मिलाएको छ ।

एकल पुरुषलाई भत्ता

श्रीमती वितेका एकल पुरूष भत्ताको ब्यवस्था मिलाएका छन । हेलम्बुका एकल पुरुषहरुले मासिक ५सय सामाजिक सुरक्षा भत्ता पाउन थालेका छन । हेलम्बुका १ सय ९५ जनाले भत्ता पाएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । श्रीमतिको निधनपछि एकल पुरुषलाई समस्या हुँने भएकाले गाउँपालिकाले भत्ता दिने व्यवस्था गरेको हो । एकल महिलाहरुलाई केन्द्रीय सरकारले भत्ता उपलब्ध गराउदै आएको छ ।

हेलम्बु गाउँपालिकाले ६० किलोमिटर लामो ग्रटटेल निर्माण गरिरहेको छ । सबैमा गुणस्तरिय शिक्षाको अवसर प्रदान गर्न आवासिय मोडल विद्यालय निर्माणको क्रममा छ ।
करिव आधा कार्यकाल गुजारेका अध्यक्ष शेर्पाले हेलम्बुको चौतर्फि क्षेत्रमा सुधार गरेका छन । प्रचुर प्रर्यटकीय सम्भावना बोकेको हेलम्बुलाई फ्रि वाइफाई जोनको रुपमा परिणत गर्न आफू लागि परेको अध्यक्ष शेर्पा बताउछन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *