ताजा समाचार

नेपालमा एक जना महिलामा कोरोना भाइरस संक्रमण

काठमाडौं । नेपालमा एक जना कोरोना भाइरस (कोभिड–१९) को विरामी फेला परेका छन् ।  फ्रान्सबाट कतार हुँदै आएकी एक नेपाली महिलामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको सोमबार आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेर स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जानकारी दिए  ।

फ्रान्सबाट चैत ४ गते मंगलवार फर्किएकी १९ वर्षीया किशोरीमा संक्रमण देखिएको हो। हिजो टेकुको प्रयोगशालमा स्वाब परीक्षणमा पोजेटिभ देखा परेको हो। हाल उनको टेकु अस्पतालमा उपचार भइरहेको छ । १९ वर्षीय युवतीका परिवारलाई पनि निगरानीमा राखेर नमुना परीक्षण गराउने तयारी भैरहेकाे समेत स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले  दिए ।

यसअघि एक जना चीनबाट फर्किएका एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो। तर उनी उपचारपछि घर फर्किसकेकी छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *