काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ माथि हाल सामाजिक सञ्जालमा चलेको राजीनामा दिने भनाइ पूर्ण रूपमा निराधार भएको उनले स्पष्ट पारेका छन्।
मन्त्री घिसिङले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत् जानकारी दिनुहुँदै भनेका छन्, “पदबाट राजीनामा दिने भन्ने समाचारमा कुनै सत्यता छैन। म जेन–जी पुस्ताको आन्दोलनपछि बनेको सरकारप्रति जनताको विश्वास र आशा पूरा गर्न पूर्णरूपले प्रतिबद्ध छु।”
वर्तमानमा तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री घिसिङले, सरकारप्रति जनाले देखाएको विश्वास र आन्दोलनले दिएको जनादेश पुरा गर्न निरन्तर सक्रिय रहेको पनि प्रष्ट पारेका छन्।
विश्लेषकहरूले यस हल्लाले राजनीतिक अस्थिरता निम्त्याउन सक्ने संभावना रहेको टिप्पणी गरेका छन्, तर मन्त्री घिसिङको स्पष्ट जवाफले यस किसिमका अटकललाई तत्काल रोक्न सक्ने अपेक्षा गरिएको छ।



