काठमाडौं। संसदको महत्वपूर्ण मानिएको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली काँग्रेसका भरत खड्कालाई प्रस्ताव गरिएको छ ।
खड्का नेपाली काँग्रेसका तर्फबाट डोटीबाट निर्वाचित सांसद हुन् ।कांग्रेस संसदीय दलको बैठकले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
आजै राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको थियो ।




