देश

दीपक खड्काको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका नेपाली कांग्रेसका नेता दीपक खड्का सम्बन्धी बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासमा सो रिटमाथि सुनुवाइ हुने भएको हो।

यसअघि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले जिल्ला अदालतबाट म्याद थपका लागि खडा गरिएको पर्चा, राजस्व अनुसन्धान विभागको अनुरोधपत्र तथा थुनाको कारणसहितको लिखित जवाफ बिहीबार १२ बजेसम्म पेस गर्न आदेश दिएको थियो।

खड्कालाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी विनीता थापाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकी हुन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कालाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *