राजनीति

प्रतिनिधिसभाको ३७औँ बैठक आज, बजेट बहसका प्रश्नमा मन्त्रीहरूको जवाफमुखी तयारी

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको छैटौँ अधिवेशनको ३७औँ बैठक आज बिहान ११ बजेका लागि डाकिएको छ। आजको बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत उठेका सांसदहरूको प्रश्नमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बैठकमा वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ मन्त्रीहरूले दिनेछन्।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, महिला तथा बालबालिका, तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विषयमा पनि प्रश्नोत्तर गरिने कार्यक्रम तय गरिएको छ।

आर्थिक वर्ष २०८१र८२ को बजेटसम्बन्धी विनियोजन विधेयकमाथि गम्भीर छलफल चलिरहेको अवस्थामा आजको बैठक नीति तथा कार्यक्रमको कार्यान्वयन, बजेट वितरणको प्राथमिकता र मन्त्रीहरूको जवाफमार्फत स्पष्टता ल्याउने उद्देश्यले महत्वपूर्ण मानिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *