राजनीति

सहमति नजुट्दा फेरि पनि सर्‍याे संसद बैठक

काठमाडौं । भिजिट भिसा विवादमा सहमति नजुटेपछि आजको प्रतिनिधिसभा बैठक तोकिएको समयमा सुरु हुन सकेन। सभामुख देवराज घिमिरेले बैठकको नयाँ समय दिउँसो ३ ः१५ बजेका लागि तय गरेका छन्।

यसअघि संसद बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो। तर, सत्तापक्ष र प्रतिपक्षबीच गृह मन्त्रीको राजीनामा लगायतका मागमा अझै सहमति नजुटेपछि बैठक स्थगित गरिएको हो।

भिजिट भिसा प्रकरणमा छानबिन र गृह मन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरू जेठ १३ यता निरन्तर संसद अवरुद्ध गर्दै आएका छन्। अहिले पनि दुबै पक्षबीच छलफल जारी छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *