काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी जनताको पक्षमा काम गर्ने एक मात्र राजनीतिक शक्ति भएको दाबी गरेका छन्। उनले जनतासँगको सम्बन्ध अझै बलियो बनाउन ‘मध्य पहाडी लोकमार्ग केन्द्रित जनअभियान’ सुरु गरिएको जानकारी दिएका छन्।
आइतबार सुर्खेतको राकम कर्णालीमा आयोजित जनसंवाद कार्यक्रममा बोल्दै प्रचण्डले भ्रष्टाचारविरुद्ध आवश्यक परे नयाँ आन्दोलनको तयारीसमेत गरिने बताएका छन्। ूसुशासन प्रवर्द्धन र भ्रष्टाचारविरुद्ध जनचेतना जगाउन अभियान चलाइएको हो,उनले भने।
उनका अनुसार यो अभियान गरिब, किसान, मजदुर, दलित, जनयुद्धका घाइते, सहिद परिवार, अपांग र बेपत्ता व्यक्तिका आफन्तहरूसँगको संवादमा केन्द्रित छ। ूजनताको भावनालाई समेट्दै, स्थानीयतालाई सम्मान गर्दै अघि बढिरहेका छौं, प्रचण्डले भने।
उनले माओवादी केन्द्रले सधैं उत्पीडित समुदायको पक्षमा आवाज उठाउँदै आएको र भविष्यमा पनि त्यही बाटोमा अगाडि बढ्ने प्रतिबद्धता दोहोर्याए।




