काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट अनुशासन उल्लंघनको आरोपमा निलम्बित भएका केन्द्रीय सदस्य अशोकसिंह विष्ट र अनुराग शाहले संगठनका अध्यक्ष दुजाङ शेर्पा र अनुशासन समिति संयोजक परोपकार अधिकारीमाथि उल्टै कारबाही गरेको दाबी गरेका छन्।
संयुक्त विज्ञप्ति मार्फत, उनीहरूले रत्न राज्यलक्ष्मी क्याम्पसमा सचिवसहित पाँच सदस्य मनोनयन गर्दै संगठनविरोधी कार्य गरिएको आरोप लगाउँदै अध्यक्ष शेर्पा र संयोजक अधिकारीलाई कारबाही गरेको घोषणा गरेका हुन्।
विष्ट र शाहले २०३६ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघको प्रतिनिधित्व नपाएको क्याम्पसमा ूव्यक्तिगत स्वार्थमा आधारित नियुक्तिू गरिएको आरोप पनि लगाएका छन्। उनीहरूले शेर्पा र अधिकारी संगठनविरोधी गतिविधिमा संलग्न भएको जिकिर गरेका छन्।
नेविसंघले यसअघि अनुशासन उल्लंघनको आरोपमा उनीहरूलाई निलम्बन गरेको थियो।




