काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले भारतले पाकिस्तानविरुद्ध चालेको कदमलाई आतंकवादविरुद्धको उचित कारबाहीको रूपमा व्याख्या गर्दै समर्थन गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै, कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले ूकांग्रेस जहिल्यै आतंकवादको विरोधमा उभिन्छ भन्दै आतंकवादका विरुद्धमा चालेका कारबाहीहरूलाई पार्टीले जायज ठान्ने स्पष्ट पारे।
उनले भने, “आतंकवादको विपक्षमा हुने कुनै पनि कारबाहीप्रति हामी सकारात्मक छौं। यस्तो गतिविधिमा कसैले पनि संरक्षण दिनुहुँदैन भन्ने हाम्रो धारणा हो।”
महतले भारत–पाकिस्तान तनावपूर्ण अवस्थाबारे बोल्दै फूल स्केल युद्धमा नजाओस् भन्नेमा कांग्रेसको स्पष्ट अडान रहेको बताए। उनले दुबै पक्ष संयमित हुनुपर्ने र क्षेत्रीय शान्ति कायम राख्नुपर्नेमा जोड दिए।




