काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक अहिले जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न थाइल्यान्ड भ्रमणअघि बसेको यो बैठकले प्रशासनिक विषयहरूसँगै केही महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।
सरकारले विशेष गरी तीनकुने घटनासम्बन्धी छानबिन समिति गठन गर्ने सम्भावना रहेको एक मन्त्रीले बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले घटनाको छानबिन गर्न समिति बनाउने माग गरेका थिए ।
त्यसैगरी, संसद्को चालु अधिवेशन बन्द गर्ने विषयमा समेत छलफल भइरहेको जानकारी स्रोतले दिएको छ ।




