काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले शुक्रबार भएको प्रदर्शनमा भएको हिंसा र अप्रिय घटनाको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारलाई लिनुपर्ने बताएका छन्।
एक भिडियो विज्ञप्ति जारी गर्दै सुवेदीले सरकारले सुरुदेखि नै दमनकारी नीति अपनाउँदा स्थिति बिग्रिएको आरोप लगाए। तर उनले सो आरोप लगाएपनि सरकारले सुरक्षाका लागि तोकिएको निशेधाज्ञा तोडी प्रहरीहरुमाथि आक्रमण गरेपछि प्रहरीले त्यसो नगर्न आग्रह गर्दै शान्तिपूर्ण माहोल बनाउन अश्रुल ग्याँस प्रयोग गरेको थियो । त्यसपछि राजावादीहरु आक्रोसित भई आक्रमण र तोडफोडमा उत्र्रिएका थिए ।
सुवेदीले राजावादी समूहले शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्न खोज्दा सरकारले बल प्रयोग गरी दमन गरेकोले प्रदर्शन हिंसात्मक मोडमा पुगेको उनले दाबी गरेपनि सो सत्य नभएको प्रष्ट छ ।
ूशान्तिपूर्ण रूपमा अघि बढेको आन्दोलनलाई प्रहरीले बल प्रयोग गरेर रोक्न खोज्दा यो अवस्था सिर्जना भयो उनले भने। तर प्रहरीलाई नै आक्रमण गरी प्रहरीको टाउको फुटाउने गरी आन्दोलनमा उत्र्रिएपछि प्रहरीले सो माहोललाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने सुवेदीले धारणा राखेपनि गृहमन्त्रालयले सो घटनाको सम्पूर्ण विवरण राजवादी समर्थक र आयोजकले तिनुपर्ने निर्णय गरेको छ ।
सुवेदीले प्रहरीको गोली लागी ज्यान गुमाएका सविन महर्जनका परिवारलाई सरकारले उचित क्षतिपूर्ति दिनुपर्ने माग गरे। तर पत्रकालाई ज्युँदै जलाएको विषयमा उनी मौन छन् ।
सुवेदीले सरकारको दमनका बाबजुद राजसंस्थाको पुनर्स्थापनाका लागि आफ्नो अभियान रोकिने छैन भन्दै आगामी दिनमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए। उनले सरकारसँग बल प्रयोग नगरी शान्तिपूर्ण विरोधको सम्मान गर्न आग्रह गर्दै विरोधका कार्यक्रमहरू निरन्तर जारी राख्ने घोषणा गरेका छन्।
उनले निकालेको विज्ञप्ती यस्तो छ :
आज हामीले शान्तिपूर्ण प्रदर्शन गर्न लागेका थियौं । तर सुरुदेखि नै हामीलाई प्रशासनबाट अत्याचार र थिचोमिचो भयो । म गाडीबाट मञ्चमा जान ओर्लिँदा नै ३/४ राउन्ड टियर ग्यास हानिएको थियो । मञ्चमा गएपछि दसौं राउन्ड टियर ग्यास प्रहार भयो । मैले बोल्न पाइनँ । मञ्चमा बस्न पनि सकिनँ । त्यस्तो वातावरण सिर्जना भएपछि जनमानसमा आक्रोश उत्पन्न भयो ।
घरको छतबाट टियर ग्यास हानियो । त्यो घरभरि पुलिसहरु लुकाएर राखेको रहेछ । मासले थाहा पाएपछि तोडफोड र आगजनी गरे । त्यसपछि प्रहरीले अन्धाधुन्द फायरिङ गर्दा किर्तिपुरका सविन महर्जन किर्तिपुरको मृत्यु भएको छ । । दर्जनौं मानिसहरु घाइते भएका छन् । उनीहरु विभिन्न अस्पतालमा छन् । यो दुखद हो । सबैप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछु ।
उहाँहरुको उपचारको व्यवस्था हुनुपर्यो । सबै सरकारले गरोस । सविन महर्जनलाई उचित क्षतिपूर्ति परिवारले पाउनुपर्ने हाम्रो माग छ । हाम्रो ज्यादति केही पनि छैन । सुरुदेखि नै हाम्रो मासलाई इरिटेड गराउने र बल प्रयोग गर्ने काम भएको छ ।
सरकार र प्रहरीबाट जुन बितण्डा गरियो, त्यसले नै आजको स्थिति सिर्जना भएको हो । म पश्चाताप गर्छु, नहुनुपर्ने भयो । यसको सम्पूर्ण जवाफदेही नेपाल सरकार हुनुपर्र्छ ।




