काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। फाल्गुण १८ गते पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा पार्टी र सरकार सञ्चालनसम्बन्धी पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने बताए। उनले भने, ‘बैठकमा पार्टीको आन्तरिक गतिविधि, पार्टी अध्यक्ष नेतृत्वको सरकारको कामकारबाही र समसामयिक घटनाक्रमबारे छलफल हुन्छ।’




