राजनीति

भीम रावलको अभियानमा लागेका पाँच नेता एमालेबाट निष्काशित

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ५ जना नेतालाई पार्टीबाट निष्काशित गरेको छ ।

एमालेबाट निकालिएका डा. भीम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानलाई सहयोग गरेको भन्दै उनीहरुलाई पार्टीबाट निस्कासित गरिएको हो ।

एमालेबात निष्कासित गरिएका नेताहरुमा सल्लाहकार परिषद् सदस्य तथा पुर्व प्रदेश सांसद लालबहादुर खड्का र हर्क कुँवरसहित प्रदेश कमिटी सदस्य जङ्गबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई पनि पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको एमाले सुदूरपश्चिमले जनाएको छ ।

रावलको अभियानमा अहिलेसम्म सुदूरपश्चिमका सयौं नेता तथा कार्यकर्ता सहभागी भइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *