
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।
साँझ ७ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने कार्यसुची रहेको छ ।
यसअघि बिहीबार बैठक बसेको थियो। आजको बैठकमा गृह मन्त्रालयले नेपाल प्रहरीका एआईजी र डीआईजी बढुवा गर्ने प्रस्ताव लैजाने छ। यस्तै सशस्त्र प्रहरीका चार डीआईजीको एक वर्ष पदावधि थप गर्न पनि पहिल्यै प्रस्ताव गरिसकेको छ।