राजनीति

रास्वापाद्धारा स्थानीय तह उपनिर्वाचनका उम्मेदवार छनोट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रारम्भिक निर्वाचन प्रक्रियाबाट आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार छनोट गरेको छ ।

पार्टीका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको पूर्वप्रकाशित तालिकाअनुसार आकांक्षी उम्मेदवारबीच छलफल र पार्टीको स्थानीय नेतृत्वको सिफारिसपछि उम्मेदवार छनाटे गरिएको पार्टीको स्थानीय तह उपनिर्वाचन संयोजन समितिले जनाएको हो ।

उम्मेदवार प्रारम्भिक निर्वाचनमा निर्वाचित भई पार्टीको तर्फबाट आसन्न उपनिर्वाचनमा ‘घण्टीवाहक’ उम्मेदवारका रुपमा चयन गरिएको प्रतिनिधिसभा सदस्यसमेत रहेका समितिका संयोजक गणेश पराजुलीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *