काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को राष्ट्रिय एकताको महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न बिहीबार दिउँसोदेखि मतदान हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले दिउँसो १२.३० बजेसम्म उमेदवारी फिर्ताको समय तोकिएको छ ।
त्यसपछि मतदान प्रारम्भ हुने जनाइएको छ । अध्यक्ष पदमा उपेन्द्र यादवको निर्विरोध निर्वाचित भइसकेका छन् । २०१ सदस्य नयाँ कार्यसमितिका बाँकी पदमा आज दिउँसोदेखि मतदान हुनेछ । पदाधिकारी र केन्द्रीय सदस्यमा परेको अन्तिम उमेदवारको सूची सार्वजनिक भइसकेको छ । उमेदवारीमा दाबी विरोध र दाबी विरोधउपर निर्णय भइसकेको छ।
२०१ केन्द्रीय सदस्य र अध्यक्ष, सहअध्यक्ष, महासचिव, सहमहासचिव, कोषाध्यक्ष, सचिव र सहसचिव गरी २० पदाधिकारीका लागि बुधबार मनोनयन दर्ता भएको थियो । अध्यक्षबाहेक अब एक सहअध्यक्ष, उपाध्यक्षमा पाँच, महासचिवमा दुई, उपमहासचिवमा तीन, सचिवमा सात, कोषाध्यक्षमा एक गरी १९ पदाधिकारी तथा केन्द्रीय सदस्य गरी २०१ पदका लागि निर्वाचनमा प्रतिस्पर्धा हुँदैछ ।
एक जना सहअध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । सहअध्यक्षका लागि मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, रकम चेम्जोङ र संघीय सांसद राजकिशोर यादवले उम्मेदवारी दिएका छन् । यस्तै ५ उपाध्यक्षका लागि १७ पुरुष र ६ महिला गरी २३ जनाले उम्मेदवारी दिएका छन् ।
पुरुषतर्फ मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, आङ देन्डी शेर्पा, विद्युत बज्राचार्य, अर्जुन थापा, गोविन्द चौधरी, शिवलाल थापामगर, सरोजकुमार यादव, मोहमद खालिद, प्रकाश अधिकारी, बच्चा राउत अहिर, सुरेन्द्रप्रसाद कुर्मी, रामबचन अहिर यादव, मानध्वज बलोन, अमरेशनारायण झा, राजन केसी र सुमनकुमार चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै महिलातर्फ रेखा यादव, लीलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापाको उम्मेदवारी परेको छ । दुई महासचिवका लागि ६ जनाको उम्मेदवारी परेको छ । महासचिव पदमा बोमबहादुर दरलामी मगर (आदिवासी) रामकुमार शर्मा, विजय कुमार, दीपक कार्की, मनिषकुमार सुमन र अशोक कुमार यादवको उम्मेदवारी परेको छ ।
त्यस्तै सहमहासचिवमा खुलातर्फ डा। सुरेन्द्रकुमार यादव, रामबाबु प्रसाद यादव, रामकिशोर प्रसाद यादव, राजकुमार राई, योगेन्द्र राई यादव, शैलेन्द्रप्रसाद साह, सुरेशकुमार मण्डल, डा। जयप्रकाश राई यादव र जयराम यादव तथा महिलातर्फ सीताकुमारी यादव, विनिताकुमारी यादव र निर्मला यादवको उम्मेदवारी परेको छ ।
कोषाध्यक्षमा रेणुकुमारी यादव, बलराम महतो र सञ्जयकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा ३४ जनाले उम्मेदवारी दिएका छन् । खुल्लासहित विभिन्न कलस्टरमा सदस्यहरुमा ठूलो संख्यामा उम्मेदवारी परेको छ । महाधिवेशनका लागि देशभरबाट एक सय पर्यवेक्षकसहित १ हजार ३४९ प्रतिनिधि छनोट भएको स्रोतले जनाएको छ ।




