राजनीति

तीनै जना स्वतन्त्र मेयरले राष्ट्रिय सभाको निर्वाचनमा गरेनन् मतदान

काठमाडौं । स्थानीय तहको नेतृत्व र स्थानीय तहको विकासलाई फरक तरिकाले अगाडी बढाइरहेका तीनै वटा स्वतन्त्र मेयरहरुले राष्ट्रिय सभाको निर्वाचनमा मतदान बहिष्कार गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ र धनगढी महानगरपालिकाका मेयर गोपाल हमालले राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् । यी मेयरहरु विभिन्न फन्डाले चर्चामा आउने गरेका छन् । उनीहरुले निर्वाचनमा मतदान गर्ने मनसाय नभएपछि कार्यव्यस्थताले असमर्थ भएको जनाएका छन् ।

आज बिहान ९ देखि ३ बजेसम्म तोकिएको मतदानको समयमा तीनै मेयरले जान मन गरेनन् । प्रदेशको मतदान केन्द्रमा बालेन, हर्क र गोपी मतदान केन्द्रमा गएनन् । उनीहरुको मतदानस्थल भने फरक–फरक थियो ।

कोशी प्रदेशमा २ सिटका तीन दलका पाँच जना उम्मेदवार थिए भने बागमती प्रदेशका ४ सिटका ६ दलका १५ जना उम्मेदवार थिए । यस्तै सुदूरपश्चिमका ३ सिटमा तीन दलका ६ उम्मेदवार थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *