काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।
प्रधानमन्त्री प्रचण्डले मंसिर २० देखि लागू हुनेगरी गजुरेलले दिएको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् । प्रचण्डको कार्यशैलीप्रति असहमति जनाउँदै गजुरेलले एक महिनाअघि पदबाट राजीनामा दिएका थिए ।
तर प्रचण्डले उनको राजीनामा स्वीकृत गरेका थिएनन् । तर बिहीबार प्रचण्डले एक महिनाअघिकै मितिबाट लागू हुनेगरी राजीनामा स्वीकृत गरेका हुन् । आफ्नो राजीनामा स्वीकृत नगरेकामा गजुरेल असन्तुष्ट थिए ।




