राजनीति

नेपालको राजनीति नयाँ नेतृत्वको हातमा पर्न सकेन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीति नयाँ नेतृत्वको हातमा पर्न नससकेकाले राजनीतिमा तत्काल परिवर्तन आउन नसकेको बताए । विगत लामोसमयदेखि नेतृत्व चयनमा प्रधानमन्त्री तथा पुर्वप्रधानमन्त्रीको हात अघि लम्कने भएकाले नेतृत्व शक्ति कम्जोर बन्दै गएको समेत उनले बताए ।

बुधबार काठमाडौंमा पूर्वकर्मचारी समाज नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले भने , हरेक निर्वाचनमा हरेक पाटीले आफ्नो राजनीति शक्तिलाई मजबुद्ध बनाएर गठबन्धन विना प्रतिस्पर्धा गर्न नसक्ने प्रवृतिका कारण नेपालमा सस्या झन थपिदैँ गएको छ ।’

नेपालको सन्दर्भमा प्रजातान्त्रिक मुलुकमा यस्तो हुनु दुःखद भएको उनले गुनासो गरे । यस्तो प्रवृतिले नेपालको समग्र परिवर्तनमा चाँडै फड्को मार्न नसकिने उनले बताए । राजनीतिमा धरै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको क्रियाशीलता नेपालमा जस्तो अन्य देशमा नभएको उनको भनाइ छ । यस्तो प्रवृतिले नेपालको संविधानले परिकल्पना गरेबमोजिमको नेतृत्व शक्ति राजनीतिमा नजन्मने उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *