काठमाडौं । एकीकृत समाजवादी पाटीले पाटीलाई परिमार्जन तथा पाटीको नेतृत्व शक्तिलाई मजबुद्ध बनाउने उदेश्यले राष्ट्रिय सभा निर्वाचनमा नयाँलाई प्राथमिता दिने भएको छ । एक पटक निर्वाचनमा पराजित भएका तथा समानुपातिकमा नाम भएकालाई राष्ट्रिय सभा निर्वाचनमा सावेश नगर्ने एकिकृत समाजवादीले मापदण्ड तय गर्ने जनाइएको छ ।
एक पटक निर्वाचनमा पराजय भएकाहरु र समानुपातिकमा नाम भएकाहरुले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि तयारी थालेपछि उनीहरुलाई यसपटक मौका नभएको एकिकृत समाजवादी पाटीले जनाएको छ । यसरी नयाँलाई अवस दिने प्रणालीले नयाँ जोस र नयाँ भिजनले पाटीलगायत जनताका लागि काम गर्न उप्रेरित गर्छ ।
एकिकृत समाजवादी पाटीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार उम्मेदवारी दर्ता गर्नुअघि पार्टी सचिवालय बैठक बसेर मापदण्ड तय गर्नेछ । चुनाव हारेका र समानुपातिक सूचीमा नाम लेखाएकाहरू माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाउन नहुने उनको भनाइ छ । उनले उक्त विषयमा पाटीमा कुरा राखेर पाण्डेको कुराप्रति पाटी सहमति भएको तर निर्णयमा पुग्न बाँकी रहेको उनले बताए ।
फागुन २० बाट रिक्त हुने २० पदमध्ये माघ ११ गते १९ पदमा निर्वाचन हुँदै छ । त्यसमध्ये एकीकृत समाजवादीका नन्दा चपाई र सिंहबहादुर विकको अवधि सकिँदै छ । कर्णालीबाट चपाई र बागमतीबाट विकका साथै एकीकृत समाजवादीकै चुनाव चिह्नबाट चुनाव लडेका खिमलाल देवकोटाको स्थान र थप एक सिट पाउनुपर्ने सो पार्टीले जनाएको छ ।




