मुख्य समाचार

ओलीमाथि प्रायोजित हमला भयो : राजेन्द्र गौतम

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी अध्यक्ष केपी ओलीको चरित्र हत्या गर्ने गरी प्रायोजित हमला गरिएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

गौतमले बुधबार सामाजिक सञ्जालमा एक पोष्ट सार्वजनिक गर्दै ओलीको राष्ट्रवादी अडान, समृद्ध नेपाल–सुखी नेपालीका योजनाकारविरुद्ध पुनरात्थानवादी, प्रतिगमनकारीले हमला गरेको भन्दै भर्त्सना गरेका छन् ।

सार्वजनिक पोष्टमा यस्तो लेखिएको छ–‘घोर दक्षिणपन्थी, पुनरूत्थानवादी ,राजावादी भरौटे तत्वहरूबाट टेलिकममा लगानी नामको कथित समाचार प्रायोजित गरी गरिएको हमला पुष्टि गर्न चुनौती दिन्छु । एउटा राष्ट्रवादी, विकासप्रेमी, परिवर्तनकारी नेताको चरित्र हत्या गरी जनताको विश्वासलाई धुमिल बनाएर धमिलो पानीमा माछा मार्ने दुस्साहस र दुस्प्रयास नगर्न चेतावनी दिन्छु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *