मुख्य समाचार

एमाले बागमती अधिवेशनमा विवादपछि वर्तमान अध्यक्ष पाण्डेद्धारा उम्मेदवारी फिर्ता

काठमाडौं । वर्तमान अध्यक्ष केशव पाण्डेले नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी घोषणा र दर्तादेखि नै सुरू भएको विवाद बढेपछि बागमती प्रदेशको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका बहालवाला अध्यक्ष पाण्डेले उम्मेदवारी फिर्ता लिएका हुन्। बुधबार पार्टी कार्यालयमै उपस्थित भए पनि युवा नेता गणेश श्रेष्ठले वारेशमार्फत पाण्डेले अध्यक्षमा मनोनयन दर्ता गराएका थिए।

श्रेष्ठले बुधबार साँझ ६ बजेर ५० मिनेटमा च्यासलस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका थिए।उनले अध्यक्षको दौडानमा नरहेको भन्दै हिँजै उमेदवारी फिर्ता गरेको बताए । अधिवेशनका प्रचार विभाग प्रमुख महेश कुमार बर्तौलाले पनि पाण्डेले दर्ता गरेको उमेदवारी फिर्ता गराएको जानकारी दिए । बुधबार एमाले केन्द्रीय कार्यालयस्थित बागमती प्रदेश कमिटीको कार्यालयमा रहेका पाण्डेले आफैं उम्मेदवारी दर्ता गर्न गराउन नपाएपछि उनका सहयोगीले पाण्डेको उमेदवारी दर्ता गरिदिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *