काठमाडौं । नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहको बैठक शुरु भएको छ । समूहका नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा केहीबेर अघि बैठक शुरु भएको हो ।
बैठकमा कोइराला निकट केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ । तर बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल भने अनुपस्थित रहेका छन् । कोइराला समुहले शर्मा र पौडेललाई बोलाए पनि उनीहरु बैठकमा अनुपस्थित रहेका छन् ।
पार्टीको असोज ४ गते बस्ने केन्द्रीय समिति बैठकका लागि आफ्नो समुहको रणनीति बनाउने विषयमा छलफल भईरहेको बैठकमा सहभागी एक नेताले खरीबोटलाई जानकारी दिए । बैठकमा नेता कोइरलासहित, महामन्त्री गगन थापा, नेता डा. मिनेन्द्र रिजाललगायतका नेताहरु सहभागी रहेका छन् ।




