काठमाडौं । नेकपा माओवादी केन्द्रले लडाकु शिविरमा कुनै पनि घोटला नरहेको दाबी गरेको छ ।
आइतबार माओवादी पाटी कार्यलयमा आयोजित प्रकार सम्मेलनमार्फत एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।
लडाकु शिविरमा ६ वर्ष माओवादी सेनाको व्यवस्थापन तथा समायोजनमा राज्यले करिब ४६ करोड पेश्की लिएर व्यावस्थापन गरेको जनाइएको छ । पहिलो ५ महिना शान्ति प्रकृयालाई सार्थक पार्न माओवादी सेनाको रेखदेख र व्यवस्थापनका लागि सो रकम लिएर व्यावस्थापन गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।
नेकपा माओवादीले लडाकु शिविरमा प्रयोग गरेको रकम अनुदानमा परिणत गर्न संसदको सार्वजनिक लेखा समिति, शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सिफारिसमा नेपाल सरकारको २०६९ बैशाख १४ को निर्णय समेतलाई आधार बनाई महालेखा परीक्षकले २०६९ जेठ १९ गते सो रकम खर्चको समर्थन, फरछ्यौट र मिनाहा गरी समपरीक्षणको जानकारी पत्र शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय सिंहदरवारमा पठाएको उपाध्यक्ष कृष्णबहादुर महराले जारी विज्ञप्ती मार्फत जानकारी दिए । महालेखा परीक्षक कार्यालयको बार्षिक प्रतिवेदन २०६९ पेज नं. २५९ अनुसार उक्त वेरुजुको समपरीक्षण सार्वजनिक भएको थियो ।
दोस्रो, ७ मुख्य शिविर र २१ सहायक शिविरमा शिविर व्यवस्थापन रकम शिविर व्यवस्थापन कार्यालय मार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।





