राजनीति

प्रधानमन्त्री प्रचण्डलाई सातै प्रदेशका प्रमुखले भेटे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सातै प्रदेश प्रमुखहरूले भेटेका छन्। उनीहरूले बुधबार प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्री र प्रदेश प्रमुखहरूबीच प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

आमनिर्वाचनपछि पुस १० गते प्रधानमन्त्री भएपछि प्रदेश प्रमुखहरूले प्रचण्डलाई पहिलोपटक सामूहिक भेटवार्ता गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *