काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग आग्रह गरेका छन् । शनिबार बिहान आफूलाई भेट्न खुमलटार पुगेका पौडेलसँग प्रचण्डले राष्ट्रपति कांग्रेसले लिएर आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्न आग्रह गरेका छन् ।
कांग्रेस सांसद टेकबहादुर गुरुङ र एमाले सांसद लक्ष्मी महतो कोइरीलाई संसदीय गतिविधिमा संलग्न नगराउन प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद् सचिवालयलाई पत्राचार गरेका छन् । ०७२ भदौ २५ मा मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहाय निरीक्षक (असई) थमन विकको हत्या आरोपित महोत्तरी–१ बाट निर्वाचित कोइरी प्रहरीको फरार सूचीमा छन् ।
नेकपा माओवादी केन्द्रको नेतृत्वमा नयाँसरकार गठनको संभावनमा लगभग समाप्त भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेका छन् । पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक दौडधुपलाई लक्षित गर्दै उनको संभावना लगभग समाप्त हुन लागेको टिप्पणी गरेका हुन ।
१९ वर्ष जेल सजाय भोगेर स्वदेश फर्काइएका चार्ल्स शोभराज फ्रान्स पुगेका छन् । शृङ्खलाबद्ध हत्यामा संलग्न उनलाई नेपालबाट शुक्रबार निष्कासित गरिएको थियो । सर्वोच्च अदालतले १५ दिनभित्र शोभराजलाई स्वदेश फर्काउन आदेश दिएसँगै केन्द्रीय कारागारले उनलाई अध्यागमन विभागसमक्ष बुझाएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रूपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ । छिमेकी देशहरूमा कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ को संक्रमण दर दिनानुदिन बढ्दै गएकाले जोखिमलाई मध्यनजर गर्दै उक्त आग्रह गरेको हो ।
सत्ता गठबन्धनले नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाएको छ। सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन् । कांग्रेसले आज आफ्ना सांसदहरूलाई बालुवाटार बोलाएर हस्ताक्षर संकलन गर्दै छ भने नेकपा माओवादी केन्द्रले हिजोदेखि नै सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको छ ।
नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रयासमा लागेको छ । जसका लागि कांग्रेसले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरेको छ । राष्ट्रपतिले सरकार गठन गर्न दिएको समयावधि सकिन लाग्दा कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउने कसरतमा लागेको हो ।
अमेरिकी प्रतिनिधि सभाले शुक्रबार संघीय सरकारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले विशेष आर्थिक प्याकेज पारित गरेको छ । उक्त १.७ ट्रिलियन अमेरिकी डलरको ओम्निबस बिल ( बिहीबार सिनेटले पारित गरेर ह्वाइट हाउस पठाइँदैछ ।
काठमाडौं नाइट्सले पहिलो संस्करणको नेपाल टी २० फ्रेन्चाइज लिगमा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा भएको खेलमा काठमाडौंले पोखरा एभेन्जर्सलाई २६ रनले हरायो । एक सय ६३ रनको मध्य लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा सात सवै विकेट गुमाउँदै एक सय ३६ रनमा सिमित बनेको थियो ।




